एजेन्सी । भारतले आईसीसी महिला टी-ट्वान्टी विश्वकप क्रिकेटमा विजयी सुरुवात गरेको छ।
सिड्नीमा शुक्रबार घरेलु टिम अष्ट्रेलियालाई १७ रनले पराजित गर्दै भारतले सुखद सुरुवात गरेको हो ।
सिड्नी शोग्राउण्ड स्टेडियममा भारतले दिएको १ सय ३३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अष्ट्रेलिया १९ ओभर ५ बलमा अलआउट हुँदै १ सय १५ रनमा समेटियो ।
अष्ट्रेलियाका एल्स्या हेलीले ५२ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकिनन् । हेलीले ३५ बलमा ६ चौका र १ छक्काको मद्दतमा ५२ रन बनाएर आउट भइन् ।
यस्तै अष्ट्रेलियाकी एश्लेग गार्ड्नेरले ३४ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । भारतको जितमा पुनम यादबले ४ विकेट लिइन् । यस्तै शिखा पाण्डेले ३ विकेट हात पारिन् ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा १ सय ३२ रन बनाएको थियो । उसका दिप्ती सहरमाले ४९ रनको ऐजित पाली खेलिन् ।
यस्तै शफाली बर्माले २९ जेमिमा रोड्रिगिउजले२६ रन को योगदान गरिन् । अष्ट्रेलियाको लागि जेस जोनासेनले २ एल्स्या पेरी र डेलिस्सा किम्मिंसले समान १/१ विकेट हात पा रिन् ।
जितसँगै समूह 'ए' को भारतले महत्वपूर्ण २ अंक जोडेको छ ।
विश्वकप अन्तर्गत शनिबार २ खेल हुनेछ । पहिलो खेलमा थाइल्याण्डले वेष्ट इण्डिजको सामना गर्ने छ भने दोस्रो खेलमा न्युजिल्याण्ड र श्रीलंकाले प्रतिस्पर्धा गर्ने छन् ।