एजेन्सी । घरेलु टिम न्युजिल्याण्डविरुद्धको पहिलो टेष्टको पहिलो इनिङ्समा भारतले खराब सुरुवात गरेको छ ।
विलिङटनमा शुक्रबार टस हारेर पहिले ब्याटिङ गरेको भारतले पहिलो दिनको समाप्तिमा ५ विकेट गुमाएर १ सय २२ रन बनाएको छ । उसका अजिंका रहाने ३८ रनमा अविजित रहदा ऋषब पन्त १० रनमा अविजित रहेका छन् ।
घरेलु टोलीका बलर चम्किएपछि भारतका सुरुवाती ब्याट्सम्यानले टिकेर खेल्न सकेनन् । मायांक अग्रवाल ३४ रनमा आउट हुँदा पृथ्वी श १६ रनमा आउट भए । चेतेश्वर पुजारा ११, हनुमा विहारी ७ र कप्तान विराट कोहली २ रनमा पेभेलियन फर्किए ।
न्युजिल्याण्डका केली जेमिसनले ३ विकेट लिए । टिम साउथी र ट्रेन्ड बोल्टले १/१ विकेट लिए ।
भारत दुई टेष्ट सिरिजका लागि न्युजिल्याण्डमा रहेको छ ।