एजेन्सी । न्युजिल्याण्डका ब्याट्सम्यान रोस टेलरले अन्तर्राष्ट्रिय क्रिकेट परिसद (आईसीसी) को तीन वटै फर्म्याटको क्रिकेटमा एक सय खेल खेल्ने पहिलो खेलाडीको कीर्तिमान बनाएका छन् ।
घरेलु भूमिमा शुक्रबार भारतसँगको पहिलो टेष्टमा मैदान उत्रदै टेलरले कीर्तिमान बनाएका हुन् । भारतविरुद्धको जारी टेष्ट टेलरको एक सय टेष्ट खेल हो ।
यससँगै टेलर टेष्ट, एकदिवसीय र टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा १ सय खेल खेल्ने पहिलो खेलाडी बनेका छन् ।
अनुभवी ब्याट्सम्यान टेलरले हालसम्म १०० टेष्ट, २ सय ३१ एकदिवसीय र १०० टी-ट्वान्टी खेलेका छन् ।
टेलरले सन् २००७ मा दक्षिण अफ्रिकाविरुद्ध खेल्दै टेष्टमा डेब्यु गरेका थिए । उनले सन् २००६ मा वेष्ट इण्डिजविरुद्ध एकदिवसीय र त्यहिँ वर्ष श्रीलंकासँग खेल्दै टी-ट्वान्टीमा डेब्यु गरेका थिए ।