काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले आफु एसोसियट राष्ट्रको नम्बर एक बलर भएको बताएका छन् ।
आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा अमेरिकामाथि कीर्तिमानी जित निकाल्दा उत्कृष्ट प्रदर्शन गरेपछि सन्दीपले आफु नम्बर एक बलर भएको बताए ।
अमेरिकाविरुद्ध ८ विकेटको जित निकाल्दा सन्दीपले ६ विकेट लिएका थिए ।
खेलपछि पोस्ट म्याच कन्फरेन्समा बोल्दै सन्दीपले अफगानिस्तानका रशिद खान भन्दा आफु उत्कृष्ट भएको बताए ।
रशिदसँग जोडेर सोधिएको प्रश्नमा हास्दै सन्दीपले भने, 'उसलाई विर्सनुस । उनी टेष्ट खेलाडी हुन् । एसोसिएटमा म नै नम्बर वान हुँ ।'
नेपाली क्रिकेटका ग्लोबल आइकन सन्दीपले ६ ओभरमा १ मेडनसहित १६ रन खर्चिएर ६ विकेट लिए । एकदिवसीय अन्तर्राष्ट्रिय सन्दीपको उत्कृष्ट बलिङ प्रदर्शन हो ।
यस्तै सन्दीप एकदिवसीय अन्तर्राष्ट्रियको एकै खेलमा ६ विकेट लिने दोस्रो र नेपालको पहिलो खेलाडी बने ।
यसअघि रशिदले सन् २०१७ मा वेष्ट इन्डिजविरुद्ध ८.४ ओभरमा १ मेडन राख्दै १८ रन खर्चेर ७ विकेट लिएका थिए ।