एजेन्सी । अष्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेलले दक्षिण अफ्रिका भ्रमण गुमाउने भएका छन् ।
हातको चोटका कारण म्याक्सवेलले दक्षिण अफ्रिका भ्रमण गुमाउने भएका हुन् । म्याक्सवेलको देब्रे हातको कुहिनाको चोटको शल्यक्रिया गर्नु पर्ने भएको कारण उनले भ्रमण गुमाउने भएका हुन् ।
क्रिकेट अष्ट्रेलियाले म्याक्सवेल कम्तिमा ६ देखि ८ महिना मैदान बाहिर रहने जनाएको छ ।
अष्ट्रेलियाले फेब्रुवरी २१ देखि ७ मार्चसम्म दक्षिण अफ्रिकाको भ्रमण गर्नेछ । अष्ट्रेलियाले ३ खेलको टी-ट्वान्टी र ३ खेलको एकदिवसीय क्रिकेट सिरिज खेल्नेछ ।