एजेन्सी । स्पेनिस डिफेन्डर तथा कप्तान सर्जियो रामोसले स्पेनविरुद्ध पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको प्रदर्शन खराब रहने आशा व्यक्त गरेका छन् ।
रुस विश्वकपमा पोर्चुगलविरुद्धको खेलअघि रामोसले आफुविरुद्ध रोनाल्डोबाट खराब प्रदर्शनको आशा राखेको बताएका हुन् । रुस विश्वकप फुटबलको पहिलो 'हाईप्रोफाइल' खेलमा आज राति युरोपियन च्याम्पियन पोर्चुगल र स्पेन प्रतिस्पर्धा गर्दै छन् । र, रामोसले फिस्ट ओलम्पिक स्टेडियममा रोनाल्डोले आफ्नो खराब प्रदर्शन गर्ने बताए ।
रोनाल्डो खतरनाक खेलाडी रहेको उल्लेख गर्दै रामोसले भनेका छन्, 'रोनाल्डो कति खतरनाक छ मलाई थाहा छ । उनले यो सिजन उत्कृष्ट आकारमा सकेका छन् । उनि सधै खतरा हुन्छन् । हामीले हेरेका छौ यो खेल निकै सुन्दर हुनेछ । म आशा गर्दछु, क्रिस्टियानोले आफ्नो उत्कृष्ट खेल खेल्ने छैन।'
रोनाल्डो र रामोस स्पेनिस क्लब रियल मड्रिडका टिम मेट हुन् । यस्तै रामोसले पोर्चुगलको टोलीमा रोनाल्डो मात्र नभई धेरै खेलाडी खतरनाक रहेको बताए । 'त्यहाँ धेरै खेलाडी छन्, जसले चाडैं चोट पुर्राउन सक्छन् । उनीहरु निकै कौशल र रक्षात्मक छन्,' रामोसले भने ।