एजेन्सी । अष्ट्रेलियन ब्याट्सम्यान डेभिड वार्नरले अष्ट्रेलियाको प्रतिष्ठित क्रिकेट अवार्ड 'एलन बोर्डर मेडल' जितेका छन् ।
अष्ट्रेलियाको वर्ष पुरुष क्रिकेट खेलाडी घोषित हुँदै वार्नरले 'एलन बोर्डर मेडल' जितेका हुन् । वार्नरले अष्ट्रेलिया क्रिकेट बोर्डले हरेक वर्ष प्रदान गर्ने यस अवार्ड तेसो पटक जितेका हुन् ।
वार्नरले ब्याट्सम्यान स्टिभ स्मिथ र फास्ट बलर तथा गत संस्करणको विजेता प्याट कमिन्सलाई पछि पार्दै अवार्ड जितेका हुन् । वार्नर यस अवार्ड सर्वाधिक धेरै जित्ने खेलाडीको सूचीको तेस्रो स्थानमा रहेक छन् । यस अवार्ड पूर्व कप्तान रिक्की पोण्टिङ र माइकल क्लार्कले समान ४/४ पटक जितेका छन् ।
वार्नरले वर्षको उत्कृष्ट पुरुष टी-ट्वान्टी खेलाडीको अवार्ड समेत जिते ।
यस्तै इलस्या पेरीले वर्ष महिला क्रिकेट खेलाडी बन्दै 'बिलिण्डा क्लार्क अवार्ड' जितेकी छिन् ।
वर्षको उत्कृष्ट एकदिवसीय अन्तराष्ट्रिय पुरुष खेलाडीको अवार्ड आरोन फिन्चले जिदा महिलातर्फको अवार्ड यल्स्या हेलीले जितिन् । हेलीले टी-ट्वान्टी वर्ष महिला खेलाडी अवार्ड समेत जितिन् ।
वर्षको उत्कृष्ट टेष्ट क्रिकेट खेलाडीको अवार्ड मार्नस लाबुसेनले जिते ।
पुरुषतर्फ वर्षको उत्कृष्ट युवा क्रिकेट खेलाडीको अवार्ड वेस अगरले जित्दा महिलातर्फ तयला भ्लेमिङकले जितिन् ।
वर्षको उत्कृष्ट टेष्ट क्रिकेट खेलाडीको अवार्ड मार्नस लाबुसेनले जिते ।
वर्षको उत्कृष्ट घरेलु पुरुष खेलाडीको अवार्ड शौन मार्शले जित्दा महिलातर्फको अवार्ड मोल्ली स्ट्रनोले जितिन् ।
यस्तै हल अफ फेम अवार्डबाट सिराग डेर्मोट र शरण ट्रेड्रेअ सम्मानित भए ।