एजेन्सी । इंग्ल्यान्डका अलराउन्डर बेन स्टोक्स एकदिवसीय क्रिकेटको ब्याट्सम्यानतर्फ वर्ष खेलाडी चुनिएका छन् ।
क्रिकेटसम्बन्धी अनलाइन ईएसपीएन क्रिकइन्फो अवार्डमा स्टोक्स सन् २०१९ को उत्कृष्ट ब्याट्सम्यान चुनिएका हुन् । वर्ष खेलाडी हुँदै स्टोक्सले 'ओडीआई ब्याटिङ पर्फमेन्स अफ दि इयर अवार्ड' जिते ।
इंग्ल्यान्डलाई आईसीसी एकदिवसीय विश्वकपको उपाधि दिलाउन उनले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
ओडीआई बलिङ पर्फमेन्स अफ दि इयर अवार्ड भने न्युजिल्याण्डका माट हेन्रीले जिते ।
टेष्ट ब्याटिङ पर्फमेन्स अफ दि इयर अवार्ड श्रीलंकाका कुशल परेराले जित्दा बलिङको अवार्ड वेस्ट इण्डिजका केमार रोचले हात पारे ।
यस्तै टी-ट्वान्टीको ब्याटिङ पर्फमेन्स अफ दि इयर अवार्ड अष्ट्रेलियाका गले म्याक्सवेलले जिते । बलिङतर्फको अवार्ड श्रीलंकाका लासिथ मालिंगाले पाए ।
वर्ष कप्तानको अवार्ड इंग्ल्यान्डका कप्तान इयान मोर्गनले जिते । डेब्यु खेलाडी अवार्ड इंग्ल्यान्डकै जोफ्रा आर्चरले जिते ।
महिला ब्याटिङ पर्फमेन्स अफ दि इयर अवार्ड मेग लानिङ र बलिङ अवार्ड इल्यास पेरीले जितिन ।
एसोसियट ब्याटिङ पर्फमेन्स अफ दि इयर अवार्ड स्कटल्याण्डका जर्ज मुन्सेले जित्दा बलिङको अवार्ड ओमानका बिलाल खानले जिते ।
ईएसपीएनले वर्षभरको खेलाडीको प्रदर्शनसहित पूर्व क्रिकेटर,कमेन्टेटर, ईएसपीएनका पत्रकार लगायतको एक जुरी मण्डलको मतको आधारमा अवार्ड प्रदान गरेको हो ।