एजेन्सी । बंगलादेशले पहिलो पटक आईसीसी यू-१९ विश्वकप क्रिकेटको उपाधि जितेको छ ।
दक्षिण अफ्रिकाको पोचेफस्टरूममा आइतबार भएको फाइनलमा भारतलाई डीएल पद्दतिको आधारमा ३ विकेटले पराजित गर्दै बंगलादेशले पहिलो पटक उपाधि जितेको हो ।
वर्षाको कारण ४६ ओभरमा झारिएको खेलमा भारतले दिएको १ सय ७० रनको लक्ष्य बंगलादेशले ४२ ओभर १ बलमा ७ विकेट गुमाएर पुरा गर्यो ।
भारतले दिएको १ सय ७८ रनको लक्ष्यसहित बंगलादेशले ब्याटिङ गरिरहदा वर्षाले खेल रोकिएपछि डीएल पद्दतिको आधारमा बंगलादेशले नयाँ लक्ष्य पाएको थियो ।
बंगलादेशको जितमा परभेज होसेनले ४७ रन जोड्दा कप्तान अकबर अलीले अविजित ४३ रन बनाए । भारतका रबि बिस्नोईले ४ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको भारत ४७ ओभर २ बलमा अलआउट हुँदै १ सय ७७ रनमा समेटिएको थियो ।
भारतका लागि भुपेन्द्र कुमार जैसवालले ८८ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै तिलक वर्माले ३८ रन जोड्दा धुर्ब जुरेलले २२ रन बनाए ।
बंगलादेशका अभिषेक दासले ३ विकेट लिए । यस्तै सोरिफुल इस्लाम र हसन साकिबले २/२ विकेट लिए ।