एजेन्सी । घरेलु टिम दक्षिण अफ्रिकाविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा इंग्ल्यान्डले जित निकालेको छ ।
जोहन्सवर्गमा आइतबार भएको खेलमा इंग्ल्यान्डले दक्षिण अफ्रिकालाई २ विकेटले पराजित गरेको हो ।
इंग्ल्यान्डको जितसँगै दुई टोलीबीचको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज १-१ को बराबरीमा सकिएको छ । यस अघि पहिलो खेल दक्षिण अफ्रिकाले ७ विकेटको जित निकालेको थियो । दोस्रो खेल भने नतिजाविहीन सकिएको थियो ।
दक्षिण अफ्रिकाले दिएको २ सय ५७ रनको लक्ष्य इंग्ल्यान्डले ४३ ओभर २ बलमा ८ विकेट गुमाएर पुरा गर्यो । इंग्ल्यान्डको जितमा जोइ डेन्लीले ६६ रनको अर्धशतकीय इनिङ्स खेल्दा जोय रुटले ४९ रन बनाए । यस्तै जोनी बेयर्सटोले ४३ रन बनाउँदा टम बन्टनले ३२ रन बनाए ।
दक्षिण अफ्रिकाक लुंगी नेग्दी र बेउरन हेन्ड्रीक्सले ३/३ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५६ रन बनाएको थियो ।
दक्षिण अफ्रिकाका लागि डेभिड मिल्लरले अविजित ६९ रन जोड्दा कप्तान क्विनटन डी ककले ६९ रनको अर्धशतकीय इनिङ्स खेले । जेजे स्मुट्सले ३१ रन जोड्दा टेम्बा बाभुमाले २९ रन बनाए ।
इंग्ल्यान्डका आदील राशिदले ३ विकेट लिए ।