काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा आज (आईतबार) मनाङ मस्र्याङ्दी क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा भईरहेको छ ।
ललितपुरस्थित एन्फा कम्प्लेक्समा पहिलो हाफको खेल सकिदाँ मनाङले २–० को अग्रता लिएको छ ।
मनाङका लागि अन्जन विष्ट र विमल रानाले एक एक गोल गरेका छन् ।
खेलको ३५ औं मिनेटमा विमलले गोल गर्दै मनाङलाई सुरुवाती अग्रता दिलाएका थिए । अन्जनले ४३ औं मिनेटमा मनाङको अग्रता दोब्बर बनाउने काम गरे ।
उपाधि होडबाट बाहिरिसकेको घोषणा गरेको मनाङ लिगमा राम्रो स्थानका हासिल गर्न चाहन्छ । एनआरटी भने शीर्ष ६ मा आफुलाई सुरक्षित गर्ने लक्ष्यमा छ ।
मनाङ १९ अंक सहित तालिकाको चौथो स्थानमा छ । एनआरटी १५ अंक सहित आठौं स्थानमा छ ।
शनिबारका लागि तय मनाङ र एनआरटीको खेल प्राविधिक कारण देखाउँदै आजका लागि सारिएको हो ।