काठमाडौं । विश्वकप छनोटको रुपमा रहेको आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमानसँगको दोस्रो खेलमा नेपालले सुरुवातमा ब्याटिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ओमानले टस जितेर पहिले फिल्डिङ रोजेपछि नेपालले सुरुवातमा ब्याटिङ गर्ने भएको हो ।
ओमानसँगको खेलबाट नेपालका कमल सिंह ऐरीले राष्ट्रिय क्रिकेट टिममा डेब्यु गरेका छन् । अविनास बोहराको स्थानमा कमलले टिममा मौका पाएका हुन् ।
नेपाल आज ओमानलाई हराएर बदला लिने योजनामा रहेको छ । सिरिजको पहिलो खेलमा नेपाल ओमानसँग १८ रनले पराजित भएको थियो ।
नेपाल प्लेईङ सेट -
ज्ञानेन्द्र मल्ल, पारस खड्का, सुवास खकुरेल, सन्दीप लामिछाने,विनोद भण्डारी, कुशल मल्ल, करण केसी, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, कमल सिंह ऐरी, सुशन भारी