बिहिबार, ३१ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

रेफ्रीलाई म्याच फिक्सिङकाे आरोप !

शनिबार, २५ माघ २०७६खेलपाटी संवाददाता
रेफ्रीलाई म्याच फिक्सिङकाे आरोप !
Loading ad...
mustang rice ad

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा रेफ्रीमाथि खेल मिलेमतो (म्याच फिक्सिङ) को आरोप लागेको छ ।

फ्रेन्ड्स क्लब कुपन्डोलका एक अफिसियलले शनिबार रेफ्रीमाथि म्याच फिक्सिङको आरोप लगाएका हुन् ।

लिगको ११ औं चरण अन्तर्गत ललितपुर डर्बीमा जावलाखेल युथसँग १-० गोल अन्तरले पराजित भएपछि फ्रेन्ड्सका अफिसियल अर्बिन सिंहले रेफ्रीले खेल मिलेमतो गरेको आरोप लगाए ।

'यो सत प्रतिशत मिलेमतो हो । यस्तो मनलाग्दी खेल हुन्छ ? मिलेमतोको फुटबल हो यो । अत्ति भयो ।' खेलपछि पोष्ट म्याच कन्फरेन्समा बोल्दै सिंहले रेफ्रीविरुद्ध मिलेमतोको आरोप लगाउँदै भने ।

जावलाखेल र फ्रेन्ड्सबीचको खेल फिफा रेफ्री श्रवण लामाले खेलाएका थिए । एसिस्टेन रेफ्रीमा माधव खत्री र राष्ट्रिय रेफ्रीमा बिक्रम चौधरी रहेका थिए । यस्तै फोर्थ अफिसियलमा सुदिश पाण्डे रहेका थिए । खेलको म्याच कमिस्नर लिग निर्देशक संजिब मिश्र थिए ।

खेलपछि असन्तुष्टि जनाएका ब्राजिलियन प्रशिक्षक मार्काेस डान्टास, सहायक प्रशिक्षक शुक्र तामाङ र ब्यवस्थापक रविन ब्यन्जनकार भने पोष्ट म्याच कन्फरेन्समा सहभागी भएनन् ।

उनले रेफ्रीको हाउभाउले खेल मिलेमतो भएको हुनसक्ने बताए ।

'रेफ्रीले आमाको कसम खायो । रेफ्रीले यसरी कस्सम खान्छ,' उनले भनेम, 'कि खेल अघि यो रेफ्रीले खेल खेलाउँदै छ त्यो भन्नु पर्याे । हामी त्यहि अनुसार विरोध गर्छाै ।'

यद्यपि उनले आफुसँग कुनै प्रमाण भने नभएको बताए ।

“प्रमाण त हामीसँग केहि छैन । तर, जसरी खेल खेलायो । खेलाएको हिसाबमा मिलेमतो भनेका हौँ । जे देख्यो त्यहि हो,” सिंहले थपे ।
यस्तै सिंहले रेफ्रीको बिषयमा ४ पटक निवेदन हालिसकेको र हालसम्म कुनै प्रतिक्रिया नआएको बताए ।

सिंहले फिफा रेफ्री कबिन ब्यन्जनकारको नाम लिँदै भने 'मैले कबिन ब्यन्जनकारको बिषयमा चार पटक निवेदन हालिसकेको छु । बीबीसी र थ्री स्टार गरि ४ म्याच भयो । तर कुनै प्रतिक्रिया आउँदैन । हालेपनि केहि हुने हैन ।'

उनले नेपालमा नविन महर्जन बाहेक अन्य रेफ्रीले खेल खेलाउन नसक्ने बताए ।

यस्तै उनले खेलाडीले जावलाखेलविरुद्ध राम्रो प्रदर्शन गर्दा गर्दै पनि रेफ्रीको कारण खेलाडी मनोबल गिरेको बताए ।

'खेल बराबर हो । राम्रो खेलेका हुन् । तर, यस्तो निर्णयले खेलाडीको मनोबल घट्यो,' उनले भने ।

एन्फाले लिगको लागि २० रेफ्रीलाई खेल खेलाउन अनुमति दिएको छ । जसमा १० फिफा रेफ्री र एसिस्टेन रेफ्री रहेका छन् ।

यस अघि अन्य टिमका प्रशिक्षकले पनि रेफ्रीको निर्णयविरुद्ध पटक पटक विरोध गर्दा पनि एन्फाले कुनै निर्णय गर्न सकेको छैन । प्रशिक्षकहरुले रेफ्रीको निर्णयविरुद्ध उजुरी गर्दा कुनै पनि प्रतिक्रिया समेत नआएको गुनासो गर्दै आएका छन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अमेरिकाले भन्यो– इराकी खेलाडीलाई भिसामा समस्या छैन

अमेरिकाले भन्यो– इराकी खेलाडीलाई भिसामा समस्या छैन

विश्वकपतर्फ अघि बढिरहेका रोनाल्डो

विश्वकपतर्फ अघि बढिरहेका रोनाल्डो

मेसी बने एमएलएसमा सर्वाधिक पारिश्रमिक पाउने खेलाडी

मेसी बने एमएलएसमा सर्वाधिक पारिश्रमिक पाउने खेलाडी

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
अमेरिकाले भन्यो– इराकी खेलाडीलाई भिसामा समस्या छैन

अमेरिकाले भन्यो– इराकी खेलाडीलाई भिसामा समस्या छैन

विश्वकपतर्फ अघि बढिरहेका रोनाल्डो

विश्वकपतर्फ अघि बढिरहेका रोनाल्डो

एनकेएलको एन्थम सार्वजनिक

एनकेएलको एन्थम सार्वजनिक

क्रिकेट युनाइटेस कप सिरिज वर्षाले प्रभावित

क्रिकेट युनाइटेस कप सिरिज वर्षाले प्रभावित

राखेपले भन्यो– चीन जाँदा एरिकालाई सहयोग नगरेकै हो !

राखेपले भन्यो– चीन जाँदा एरिकालाई सहयोग नगरेकै हो !

मेसी बने एमएलएसमा सर्वाधिक पारिश्रमिक पाउने खेलाडी

मेसी बने एमएलएसमा सर्वाधिक पारिश्रमिक पाउने खेलाडी

अल–नासर अन्तिम क्षणमा उपाधि जित्नबाट बञ्चित

अल–नासर अन्तिम क्षणमा उपाधि जित्नबाट बञ्चित

अन्तिम बलमा नेपालको हार

अन्तिम बलमा नेपालको हार