काठमाडौं । कुशल मल्लले एकदिवसीय अन्तराष्ट्रिय डेब्यु खेलमै अर्धशतक प्रहार गर्दै विश्व कीर्तिमान बनाएका छन् ।
आईसीसी विश्वकप डिभिजन–२ मा अमेरिकाबिरुद्व अर्धशतक प्रहार गर्दै कुशलले विश्व कीर्तिमान कायम रहेका हुन् ।
उनी सर्वाधिक कम उमेरमा एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा अर्धशतक प्रहार गर्ने खेलाडी बनेका छन् ।
यसअघि सो कीर्तिमान नेपालकै रोहित कुमार पौडेलको नाममा थियो । पौडेलले १६ बर्ष १ सय ४६ दिनको उमेरको कीर्तिमान बनाएका थिए ।
मल्लले भने १५ बर्ष ३ सय ४० दिनमा एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने विश्व कीर्तिमान बनाएका हुन् ।
मल्लको अर्धशतकसंगै नेपालले अमेरिकाबिरुद्व सम्हालिएको ब्याटिङ गरेको छ ।
मल्ले ४ चौका, ३ छक्काको मदतले अर्धशतक पुरा गरेका हुन् ।
नेपाल र अमेरिका त्रिकोणात्मक सिरिजमा पहिलो जितको खोजीमा मैदान उत्रिएका छन् ।
नेपाल र अमेरिका पहिलो खेलमा ओमानसँग पराजित भएका थिए । पहिलो खेलमा नेपाल ओमानसँग १८ रनले पराजित भएको थियो भने अमेरिकालाई ओमानले ६ विकेटले पराजित गरेको थियो ।
लिगको अन्तर्गत अमेरिका शीर्ष स्थानमा रहेको छ । उसले ९ खेलमा ६ जित हात पार्दै १२ अंकका साथ नेट रन रेटमा ओमानलाई पछि पारेको छ ।
नेपाल भने एक खेल खेल्दा अंक विहीन रहदै तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको छ । त्यसैले अमेरिकाविरुद्ध नेपाल पहिलो अंकको खोजीमा मैदान उत्रिएकाे छ ।