काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकाबिरुद्वको खेलमा नेपालले सय रन पुरा गरेको छ ।
सुरुवाती ब्याट्सम्यानलाई सस्तैमा गुमाएर दबाबमा आएको नेपालका लागि मध्यक्रमका ब्याट्सम्यानले सम्हालिएको ब्याटिङ गरेको छन् ।
एक समय ४९ रनमा ५ विकेट गुमाएर दबाबमा आएको नेपालको ईनिङ्स बिनोद भण्डारी र कुशल मल्लले सम्हालेका छन् ।
दुवैले ५१ रनको साझेदारी गर्दै नेपाललाई ठुलो लक्ष्यतर्फ अग्रसर गराएका छन् ।
एकदिवसीय अन्तराष्ट्रियमा कुशल डेब्यु खेल खेल्दैछन् ।
ओपनर सुवास खकुरेल ३ र कप्तान ज्ञानेन्द्र मल्ल २१ रनमा आउट भएको खेलमा पारस खड्का १९ रनमा पोविलियन फर्किए ।
यस्तै, दिपेन्द्र सिंह ऐरी शुन्य रनमा आउट हुुदाँ आरिफ शेख २ रनमा पोविलियन फर्किएका थिए ।