काठमाडौं । घरेलु भूमिका खेलिएको पहिलो एकदिवसीय अन्तराष्ट्रिय खेलमा अमेरिकाबिरुद्व दिपेन्द्र सिंह ऐरी शुन्य रनमा आउट भएका छन् ।
आईसीसी विश्वकप लिग–२ अन्तर्गत सिरिजको आफ्नो दोस्रो खेलमा उपकप्तान समेत रहेका दिपेन्द्र शुन्य रनमा पोविलियन फर्किएका हुन् । दिपेन्द्र सौरव नेत्रवलकरको बलमा आउट हुन पुगे ।
यसअघि, ज्ञानेन्द्र २१ र सुवास ३ रनमा आउट भएका थिए ।
सिरिजको दोस्रो खेलमा अमेरिकाबिरुद्व उत्रिएको नेपालका सुरुवाती ब्याट्सम्यानले खराब प्रर्दशन गरेका छन् ।
नेपालले ४७ रन जोड्न ३ विकेट गुमाईसकेको छ ।
नेपाल र अमेरिका त्रिकोणात्मक सिरिजमा पहिलो जितको खोजीमा मैदान उत्रिएका छन् ।
नेपाल र अमेरिका पहिलो खेलमा ओमानसँग पराजित भएका थिए । पहिलो खेलमा नेपाल ओमानसँग १८ रनले पराजित भएको थियो भने अमेरिकालाई ओमानले ६ विकेटले पराजित गरेको थियो ।
लिगको अन्तर्गत अमेरिका शीर्ष स्थानमा रहेको छ । उसले ९ खेलमा ६ जित हात पार्दै १२ अंकका साथ नेट रन रेटमा ओमानलाई पछि पारेको छ ।
नेपाल भने एक खेल खेल्दा अंक विहीन रहदै तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको छ । त्यसैले अमेरिकाविरुद्ध नेपाल पहिलो अंकको खोजीमा मैदान उत्रिएकाे छ ।