काठमाडौं । आईसीसी विश्वकप लिग–२ को अमेरिकाविरुद्वको खेलमा नेपालका कप्तान ज्ञानेन्द्र मल्ल २१ रन बनाएर आउट भएका छन् ।
कीर्तिपुर मैदानमा अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले ६ रनमा पहिलो विकेटको रुपमा सुवास खकुरेललाई गुमाएको थियो ।
उनी ३ रन बनाएर आउट भएका थिए ।
दोस्रो विकेटको रुपमा ओपनिङ ब्याट्सम्यान मल्ल ४ चौका प्रहार गर्दै २१ रनमा आउट भएका छन् ।
उनी स्टेभनसनको बलमा स्टेफेन टेलरबाट समातिए ।
नेपालले १५ ओभरको समाप्तिमा २ विकेट गुमाएर ४७ रन बनाएको छ ।
नेपाल र अमेरिका त्रिकोणात्मक सिरिजमा पहिलो जितको खोजीमा मैदान उत्रिएका छन् ।
नेपाल र अमेरिका पहिलो खेलमा ओमानसँग पराजित भएका थिए । पहिलो खेलमा नेपाल ओमानसँग १८ रनले पराजित भएको थियो भने अमेरिकालाई ओमानले ६ विकेटले पराजित गरेको थियो ।
लिगको अन्तर्गत अमेरिका शीर्ष स्थानमा रहेको छ । उसले ९ खेलमा ६ जित हात पार्दै १२ अंकका साथ नेट रन रेटमा ओमानलाई पछि पारेको छ ।
नेपाल भने एक खेल खेल्दा अंक विहीन रहदै तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको छ । त्यसैले अमेरिकाविरुद्ध नेपाल पहिलो अंकको खोजीमा मैदान उत्रिएकाे छ ।