काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग – २ अन्तर्गत अमेरिकाबिरुद्व नेपालले प्रतिस्पर्धा गरिरहेको छ ।
अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपाललाई पहिलो झट्का लागेको छ ।
नेपालका ओपनर ब्याट्सम्यान सुबास खकुरेल ३ रन बनाएर आउट भएका छन् ।
उनी शरद भेषवाकरको स्थानमा राष्ट्रिय टिममा पुनरागमन गरेका थिए ।
उनी रस्टी थिरोनको बलमा आउट हुन पुगेका छन् ।
अमेरिकाबिरुद्व राम्रो रेकर्ड बनाएका सुवासलाई सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले मौका दिएको थियो । तर सुबास पहिलो खेलमा आफुलाई प्रमाणित गर्न असफल रहे ।
नेपाल र अमेरिका त्रिकोणात्मक सिरिजमा पहिलो जितको खोजीमा मैदान उत्रिएका छन् ।
नेपाल र अमेरिका पहिलो खेलमा ओमानसँग पराजित भएका थिए । पहिलो खेलमा नेपाल ओमानसँग १८ रनले पराजित भएको थियो भने अमेरिकालाई ओमानले ६ विकेटले पराजित गरेको थियो ।
लिगको अन्तर्गत अमेरिका शीर्ष स्थानमा रहेको छ । उसले ९ खेलमा ६ जित हात पार्दै १२ अंकका साथ नेट रन रेटमा ओमानलाई पछि पारेको छ ।
नेपाल भने एक खेल खेल्दा अंक विहीन रहदै तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको छ । त्यसैले अमेरिकाविरुद्ध नेपाल पहिलो अंकको खोजीमा मैदान उत्रिएकाे छ ।