काठमाण्डौ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत दोस्रो खेलमा नेपालले अहिले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ ।
सिरजकाे तेस्राे खेलमा अमेरिकाले टस जितेर पहिले फिल्डिङ राेजेकाे छ । र नेपाललाई ब्याटिङकाे निम्ताे दिएकाे छ ।
नेपालले टिममा दुई परिवर्तन गरेको छ ।
अमेरिकाविरुद्ध सुवास खकुरेल र कुशल मल्लले स्थान बनेका छन् ।
शरद भेषवाकर चोटका कारण सिरिज गुमाउने भएपछि उनको स्थानमा सुवास आएका हुन् ।
यस्तै, कुशल मल्लले एकदिवसीय अन्तराष्ट्रिय खेलमा डेब्यु गरेका छन् ।
नेपाल र अमेरिका त्रिकोणात्मक सिरिजमा पहिलो जितको खोजीमा मैदान उत्रिएका छन् ।
नेपाल र अमेरिका पहिलो खेलमा ओमानसँग पराजित भएका थिए । पहिलो खेलमा नेपाल ओमानसँग १८ रनले पराजित भएको थियो भने अमेरिकालाई ओमानले ६ विकेटले पराजित गरेको थियो ।
लिगको अन्तर्गत अमेरिका शीर्ष स्थानमा रहेको छ । उसले ९ खेलमा ६ जित हात पार्दै १२ अंकका साथ नेट रन रेटमा ओमानलाई पछि पारेको छ ।
नेपाल भने एक खेल खेल्दा अंक विहीन रहदै तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको छ । त्यसैले अमेरिकाविरुद्ध नेपाल पहिलो अंकको खोजीमा मैदान उत्रिएकाे छ ।