एजेन्सी । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) लाई जरिवाना गरेको छ । न्युजिल्याण्डविरुद्धको एकदिवसीय खेलमा स्लो ओभर रेटको कारण आईसीसीले बिसीसीआईलाई जरिवाना गरेको हो ।
ह्यामिल्टनमा बुधबार भएको पहिलो एकदिवसीयमा स्लो ओभर रेटको बलिङ गरेको भन्दै आईसीसीले भारतलाई म्याच फिको ८० प्रतिशत जरिवाना गरेको हो । यस अघि चौंथो टी-ट्वान्टीमा पनि स्लो ओभर रेटको कारण भारतलाई आईसीसीले ४० प्रतिशत म्याच फि जरिवाना गरेको थियो ।
आईसीसी म्याच रेफ्रीका इलाइट प्यानलका सदस्य तथा सो खेलमा म्याच रेफ्री क्रिस बोर्डले कप्तान विराट कोहलीको टिम भारतले चार ओभरमा समय बढी लिएको जनाएका छन् ।
यस्तै खेलाडीलाई २० प्रतिशत म्याच फि जरिवाना गरिएको छ । भारतका कप्तान विराटले जरिवाना स्वीकार गरेका छन् ।
पहिलो खेलमा न्युजिल्याण्डले भारतलाई ४ विकेटले हराएको थियो ।