काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत पहिलो खेलको रुपमा नेपालले अहिले ओमानसँग प्रतिस्पर्धा गरिरहेको छ ।
टियु क्रिकेट मैदानमा ओमानले दिएको १ सय ९८ रनको लक्ष्यसहित नेपालले जवाफी ब्याटिङ गरिरहेको छ ।
ओमानविरुद्ध नेपालले खराब सुरुवात गरेको छ । र, लगातार दुई विकेट गुमाएको छ ।
नेपालले पहिलो विकेटको रुपमा ओपनर तथा कप्तान ज्ञानेन्द्र मल्ललाई २ रनमा गुमाएको छ । यस्तै दोस्रो विकेटको रुपमा अर्का ओपनर पारस खड्का ३ रनमा आउट भए ।
नेपालले ४ रन जोड्दा २ विकेट गुमाएको छ ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ९७ रन बनाएको थियो ।
ओमानका लागि मोहमद नदीमले अविजित रहदै ६९ अर्धशतकीय इनिङ्स खेले । उनले ९६ बलमा ५ चौका र २ छक्का प्रहार गरे ।