काठमाडौं ।आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत पहिलो खेलको रुपमा नेपालले अहिले ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।
टियु क्रिकेट मैदानमा नेपालले टस जितेको छ र पहिले फिल्डिङ रोजेको छ । नेपालले फिल्डिङ रोजेपछि ओमानले सुरुवातमा ब्याटिङ गर्ने छ ।
ओमानविरुद्ध नेपालका दुई खेलाडीले डेब्यु गरेका छन् । सुशन भारी र अविनाश बोहराले डेब्यु गरेका छन् ।
नेपाल प्लेईङ सेट -
ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्र सिह ऐरी, पारस खड्का, सन्दीप लामिछाने, करण केसी, आरिफ शेख, बिनोद भण्डारी, अविनाश बोहरा, सुशन भारी, रोहित पौडेल, शरद भेषवाकर