एजेन्सी । भारतीय क्रिकेट टिमका उपकप्तान रोहित शर्माले न्युजिल्याण्डविरुद्धको एकदिवसीय र टेष्ट सिरिज गुमाउने भएका छन् ।
खुट्टाको चोटको कारण ओपनर ब्याट्सम्यान रोहितले एकदिवसीय र टेष्ट सिरिज गुमाउने भएका हुन् । रोहितले टी-ट्वान्टी सिरिज अन्तर्गत पाँचौं तथा अन्तिम खेलमा पिडुलाको चोट बोकेका थिए ।
अन्तिम टी-ट्वान्टीमा रोहित ६० रन बनाएर रिटायर्ड हर्ट भएका थिए । पाँच खेलको सिरिज भारतले ५-० ले क्लिन स्विप गरेको थियो ।
अब भारतले न्युजिल्याण्डसँग ३ खेलको एकदिवसीय सिरिज र २ खेलको टेष्ट सिरिज खेल्ने छ ।
रोहितको स्थानमा पृथ्वी श र शुभम गिल मध्ये एकले स्थान बनाउन सक्नेछन् ।