एजेन्सी । भारतले घरेलु टिम न्युजिल्याण्डविरुद्धको पाँचौं खेलको टी-ट्वान्टी क्रिकेट सिरिज क्लिन स्विप गरेको छ ।
आइतबार भएको पाँचौं तथा अन्तिम खेलमा ७ रनको जित निकाल्दै भारतले सिरिज ५-० ले जित्दै क्लिन स्विप गरेको हो ।
भारतले दिएको १ सय ६४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५६ रन बनायो ।
न्युजिल्याण्डका लागि रोस टेलरले ५३ तथा टिम सिफर्टले ५० रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन्जि । यस्तै इश सोधीले अविजित १६ रन र कोलिन मुन्रोले १५ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
भारतका जस्प्रित बुम्राले ३ तथा नवदीप सैनी र शार्दुल ठाकुरले समान २/२ विकेट लिए ।
यस अघि टस जिटेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो । उसका कप्तान रोहित शर्माले सर्वाधिक ६० रनको अर्धशतकीय इनिङ खेले । ४१ बलमा ३ चौका र ३ छक्का प्रहार गरेका रोहित रिटायर्ड हर्ट भए ।
यस्तै लोकेस राहुलले ४५ रन बनाउँदा श्रेयस आयरले अविजित ३३ रन बनाए । न्युजिल्याण्डका स्कट कुग्लिजिन र हामीस बेन्निटले समान १/१ विकेट लिए ।
अब भारतले घरेलु टिमसँग तीन खेलको एकदिवसीय र दुई टेष्ट सिरिज खेल्नेछ ।