एजेन्सी । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) लाई जरिवाना गरेको छ । न्युजिल्याण्डविरुद्धको खेलमा स्लो ओभर रेटको कारण आईसीसीले बिसीसीआईलाई जरिवाना गरेको हो ।
विलिङ्टनमा भएको चौथो टी-ट्वान्टी खेलमा भारतले स्लो ओभर रेट गरेको भन्दै बीसीसीआईलाई ४० प्रतिशत म्याच फि जरिवाना गरेको आईसीसीले जनाएको छ ।
आईसीसी म्याच रेफ्रीका इलाइट प्यानलका सदस्य तथा सो खेलमा म्याच रेफ्री क्रिस बोर्डले कप्तान विराट कोहलीको टिम भारतले २ ओभरमा समय बढी लिएको जनाएका छन् ।
यस्तै भारतका कप्तान विराटले जरिवाना स्वीकार गरेका छन् ।
शुक्रबार भएको खेलमा भारतले न्युजिल्याण्डलाई सुपर ओभरमा हराएको थियो ।
सुपर ओभरमा जित निकालेसँगै भारतले ५ खेलको सिरिजमा ४-० को अग्रता बनाएको छ । सिरिज भने भारतले यस अघि नै ३-० ले जितिसकेको छ ।