एजेन्सी । भारतका हार्दिक पाण्डेयाले न्युजिल्याण्डविरुद्धको टेष्ट खेल गुमाउने भएका छन् । पाण्डेयाले चोटका कारण दुई टेष्ट खेलको सिरिज गुमाउने भएका हुन् ।
न्युजिल्याण्ड भ्रमणमा रहेको भारत अहिले टी-ट्वान्टी सिरिजमा ब्यस्त रहेको छ । ५ खेलको टी-ट्वान्टीमा भारतले ४-० को अग्रतासहित सिरिज कब्जा गरिसकेको छ ।
टी-ट्वान्टीपछि भारतले न्युजिल्याण्डसँग एकदिवसीय अन्तराष्ट्रिय र टेष्ट सिरिज खेल्ने छ ।
अलराउण्डर पाण्डेया टेष्टमा उपलब्ध नहुने भएपछि भारतलाई ठुलो झट्का लागेको छ । लामो समय देखि ढाडको समस्याका कारण पाण्डेया क्रिकेट बाहिर रहँदै आएका छन् ।
सन् २०१९ को सेप्टेम्बर देखि पाण्डेया क्रिकेट टिम बाहिर रहेका छन् ।