एजेन्सी । पुर्व विश्व नम्बर एक अमेरिकी टेनिस खेलाडी सेरेना विलियम्सले रोजर्स कप टेनिसबाट नाम फिर्ता लिएकी छिन् ।
व्यक्तिगत कारण देखाउदै सेरेनाले अर्को साता क्यानडामा सुरु हुने रोजर्स कपबाट नाम फिर्ता लिएकी हुन् । प्रतियोगिता आयोजकले सेरेना नखेल्ने पुष्टि गरेको छ ।
प्रतियोगिता निर्देशक यूजीन लेपियरले भनेका छन्, 'हामी निराश छौं । सेरेना हामीसंग हुनेछैन ।'
२३ पटकको ग्राण्डस्लाम बिजेता सेरना बिहिबार मात्र सिलिकन भ्याली क्लासिक टेनिसको पहिलो चरणबाट बाहिरिएकी थिइन् ।
अमेरिकामा जारी प्रतियोगिताको पहिलो चरणमा सेरेना बेलायती नम्बर एक खेलाडी जोहन्ना कोन्टासंग पराजित भएकी थिइन् ।