एजेन्सी । पुर्व विश्व नम्बर एक वेलायती टेनिस खेलाडी एन्डी मुर्रे वासिङ्गटन ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन् ।
वासिङ्गटन डिसीमा भएको खेलमा बेलायतकै कायल एडमण्डलाई हराएर मुर्रेले दोस्रो चरणमा स्थान पक्का गरेका हुन् । ३१ बर्षीय मुर्रेले एडमण्डलाई ७-६ (७-४), १-६ र ६–४ ले हराए ।
करिब एक बर्षपछि टेनिस कोर्टमा फर्किएका ३ पटकको ग्राण्डस्लाम बिजेता मुर्रेले अब मरिउस कोपिलसंग खेल्ने छन् । हिप इन्जुरीको शल्यक्रियापछि मुर्रे गत जुनबाट टेनिस कोर्टमा फर्किएका हुन् ।