एजेन्सी । पुर्व विश्व नम्बर एक अमेरिकी सेरेना विलियम्स सिलिकन भ्याली क्लासिक टेनिसको पहिलो चरणबाट बाहिरिएकी छिन् ।
अमेरिकामा जारी प्रतियोगिताको पहिलो चरणमा सेरेना बेलायती नम्बर एक खेलाडी जोहन्ना कोन्टासंग पराजित भएकी हुन् ।
क्यालीफोर्नियास्थित सान जोसेमा २३ पटकको ग्राण्डस्लाम बिजेता सेरेना कोन्टासंग ६ – १ र ६ – ० ले पराजित भईन ।
योसंगै कोन्टाले सेरेनाविरुद्धको पहिलो चरणको भेटमा पहिलो जित निकाल्न सफल भएकी छिन् । यसअघि कोन्टाले सेरेनालाई पहिलो चरणमा हराउन सकेको थिएन ।
कोन्टाले अब दोस्रो चरणमा अमेरिकाकै सोफिया केनिनसंग खेल्ने छिन् ।