काठमाडौं । सरकारले राष्ट्रिय खेल भलिबलको अत्याधुनिक कभर्डहल निर्माण गर्ने घोषणा गरेको छ ।
नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागिता जनाउने नेपाली खेलाडीलाई मंगलबार सम्बोधन गर्दै अर्थमन्त्री युवराज खतिवडाले सरकारले सुबिधा सम्पन्न कभर्डहल बनाउने जानकारी गराए ।
'भलिबलकाे आफ्नै कभर्डहल सरकारले बनाउने छ । सरकार प्रतिबद्धता व्यक्त गर्दछ । कभर्डहलका लागि जग्गा खोज्ने काम गरिरहेका छौँ,' अर्थमन्त्री खतिवडाले भने ।
सरकारले तीन वर्षअघि भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको थियो । तर, नेपालमा सुबिधा सम्पन्न कभर्डहल नहुदा खेलाडीले प्रशिक्षणमा समस्या भोग्दै आइरहेका छन् ।