सोमबार, कार्तिक २५, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Bhat Bhateni Supermarket Ad

प्रशिक्षक फेरिँदा खेलाडी अलमलमा

सोमबार, मंसिर ९, २०७६विश्वास थापा
प्रशिक्षक फेरिँदा खेलाडी अलमलमा
Classic Tech Internet Ad

काठमाडौं । मुख्य प्रशिक्षक फेरिदाँ राष्ट्रिय पुरुष भलिबल टिमका खेलाडी अलमलमा परेका छन् । पछिल्लो समय नेपाली प्रशिक्षकसंग प्रशिक्षण गरिरहेका भलिबल टिमका खेलाडी नयाँ विदेशी प्रशिक्षक आउदाँ अलमलमा परेका हुन् ।

‘पुरानो फर्म्याटमा खेल्ने गरेका थियौ । तर विदेशी प्रशिक्षकले नयाँ फर्म्याटमा खेल्न सिकाउनु हुन्छ,’ भलिबल टिमका कप्तान ईम रानाले भने, ‘दुई नम्बर जोनमा खेल्ने खेलाडीले रिसिभ गर्ने भनेर खेलियो । तर नयाँ प्रशिक्षकले दुई नम्बर जोनमा खेल्नेले रिसिभ नगर्ने, मात्र अंक ल्याउन ध्यान दिने सिकाउनु हुन्छ ।’

एभिसी सेन्ट्रल जोन भलिबलमा नेपाली टिमलाई डच प्रशिक्षक हान एबिङले प्रशिक्षण दिएका थिए ।

उनीले असारको पहिलो साताबाट भर्दौको दोस्रो सातासम्म नेपालमा बसेर खेलाडीलाई प्रशिक्षण दिएका थिए । उनी करिब साढे २ महिना प्रशिक्षण दिएर फर्किए ।

एभिसी लगत्तै नेपाली टिम १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को तयारीमा जुटेको थियो । लगत्तै भलिबल टिमलाई विरेन्द्र चौधरीले प्रशिक्षण गराईरहेका थिए ।

चौधरीले भलिबल टिम हेरिरहेको अवस्थामा नेदरल्याण्डकै लेस्ले डी जोङ मुख्य प्रशिक्षकको रुपमा राष्ट्रिय टिमसंग जोडिएका हुन् । प्रतियोगिताको संघारमा प्रशिक्षक फेरिदाँ खेलाडीले प्रशिक्षणमा असहज महशुश गरेका छन् ।

सागलाई लक्षित गरेर भलिबल टिमले साउनबाट बन्द प्रशिक्षण सुरु गरेको थियो । सागको तयारी स्वरूप टिम कात्तिकको अन्तिम साता प्रशिक्षण तथा मैत्रीपूर्ण खेलका लागि भारतको बैंङ्लोर गएको थियो ।

करिब दुई साता भारतमा रहदाँ नेपालले भारतसंग तीन मैत्रीपूर्ण खेल खेलेको थियो । नेपाली प्रशिक्षक विरेन्द्र चौधरीबाट प्रशिक्षण लिईरहेको नेपाली टिम भारतमै रहदाँ डी जोङ जोडिन आईपुगेका हुन् ।

नेपाली टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका डी जोङ र विरेन्द्रको समन्वयमा खेलाडीले प्रशिक्षण गरिरहेका छन् । एसियाली खेलकुदमा पुरुष भलिबल टिमको उच्च प्रर्दशनलाई मुल्याङ्कन गर्दै नेपाल भलिबल संघले डी जोङलाई पुन टिम हेर्न बोलाएको हो ।

तर छोटो समयमा नयाँ प्रशिक्षक पाउँदा खेलाडी भने अलमलमा परेका हुन् । नेपाली प्रशिक्षकबाट सिक्दै गरेका खेलाडी नयाँ विदेशी प्रशिक्षक पाउँदा प्राविधिक रुपमा असहज महसुस गरेका छन् ।

‘नेपाली खेलाडी लागि नयाँ फर्म्याट हैन । एसियन गेम्स र सेन्ट्रल जोनमा समेत नेपालले यही फर्म्याटमा खेलेको थियो ।’ कप्तान ईमले थपे, ’तर नयाँ खेलाडीले नयाँ फम्र्याटमा खेल्न सकेका छैनन् ।’

नयाँ प्रशिक्षकबाट सिक्ने समय नभएको कारण नेपाली टोलीले आफ्नो गल्ती सुधार गर्न ध्यान केन्द्रित गरेको ईमले बताए ।

विदेशी प्रशिक्षक पाउँदा खेलाडी खुशी र उत्साहित छन् । तर प्रशिक्षक नियुक्त गर्ने समय भने गलत रहेको खेलाडीको बुझाई छ ।

‘लेस्ले ल्याउनु गलत हैन । तर ल्याउनुनै थियो भने चाँडै ल्याउनु पर्ने थियो ।’ उनले भने, ’ट्रेनिङ सुरु गर्दादेखि नै ल्याएको भए राम्रो हुने थियो ।’

छोटो समयका लागि आएका प्रशिक्षक डी जोङ भने खेलाडीको जोस, जाँगर र मेहनत देखेर निकै उत्साहित छन् ।

‘दुई हप्ता बाँकी रहेको बेला नेपाल आएको छु । दिनको दुई पटक प्रशिक्षण दिदाँ धेरै सुधार हुने विश्वास छ ।’ डी जोङले भने, ’एतिहासिक पदकको लागि मेहनत गरेका खेलाडीलाई घरेलु समर्थकले राम्रो साथ मिल्ने अपेक्षा छ ।’

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपाल काभा महिला भलिबलको फाइनलमा पराजित

नेपाल काभा महिला भलिबलको फाइनलमा पराजित

नेपाल फाइनलमा

नेपाल फाइनलमा

नेपालको पहिलो जित

नेपालको पहिलो जित

Bajaj Pulsar Motorcycle Ad
मन्त्रिपरिषद्ले दियो फागुन पहिलो सात दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति

मन्त्रिपरिषद्ले दियो फागुन पहिलो सात दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति

फुटबलमा चलेको प्रदर्शन र प्रहसन 

फुटबलमा चलेको प्रदर्शन र प्रहसन 

दशौं खेलकुद प्रतियोगिताका लागि सरकारले  ७ करोड रुपैयाँ बढी दिने

दशौं खेलकुद प्रतियोगिताका लागि सरकारले ७ करोड रुपैयाँ बढी दिने

एनपीएलको उद्घाटन खेलमा जनकपुर र काठमान्डु भिड्ने

एनपीएलको उद्घाटन खेलमा जनकपुर र काठमान्डु भिड्ने

काठमान्डु गोर्खाज र केआईईसीबीच सम्झौता

काठमान्डु गोर्खाज र केआईईसीबीच सम्झौता

एन्फाले प्रत्यक्ष प्रसारण गर्न अस्वीकार गरेपछि फुटबल खेलाडीसँगको वार्ता भाँडियो

एन्फाले प्रत्यक्ष प्रसारण गर्न अस्वीकार गरेपछि फुटबल खेलाडीसँगको वार्ता भाँडियो

नेपाली महिला क्रिकेट टोली भारत भ्रमणमा जाँदै

नेपाली महिला क्रिकेट टोली भारत भ्रमणमा जाँदै

संकटमा नेपोली

संकटमा नेपोली