काठमाडौं । १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को पुरुष भलिबलको खेल तालिकाको टुङ्गो लागेको छ ।
काठमाडौंको त्रिपुरेश्वरस्थित कभर्डहलमा हुने प्रतियोगिता लिग कम नकआउटका आधारमा सञ्चालन हुनेछ ।
तालिका अनुसार नेपाल भारत रहेको कठिन समूह एमा परेको छ ।
समूह एमा नेपाल सहित भारत र बंगलादेश रहेका छन् ।
समूह बीमा श्रीलंका, पाकिस्तान र माल्दिभ्स रहेका छन् ।
नेपालले समूह चरणको पहिलो खेलमा आगामी बुधबार बंगलादेशसंग खेल्नेछ ।
समुह चरणको अन्तिम खेलमा मंसिर १३ गते भारतसंग खेल्नेछ ।
समूह चरणको शीर्ष दुई टिम प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गर्नेछन् । र उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
सागका लागि नेपालले १४ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरिसकेको छ ।
राष्ट्रिय टिममा पर्न सफल खेलाडीमा ईम राना, राजेन्द्र विष्ट, धनबहादुर भट्ट क्षेत्री, हरी हजुर थापा र टेकराज अवस्थी छन् । त्यस्तै, हरी अधिकारी, दुर्गा खड्का, द्वारिका थापा, ईश्वर थापा मगर, विनोद चन्द, विशाल विक, शरण सम्री क्षेत्री, कुलबहादुर थापा, रविन चन्द रहेका छन् ।
पुरुष भलिबल टिम मंगलबार मात्र भारतीय टिमसंग प्रशिक्षण तथा अभ्यास खेल खेलर स्वदेश फर्किएको छ ।