काठमाडौं । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारी गर्न भारत गएको नेपाली पुरुष भलिबल टिम आज (मंगलबार) स्वदेश फर्कने भएका छन् ।
भारतको बैंगलोरमा दुई साता प्रशिक्षण गरेको नेपाली टिम मंगलबार राति नेपाल आईपुग्ने छन् । नेपाली टिम आठ बजे नेपाल आईपुग्ने कार्यक्रम रहेको छ ।
भारत भ्रमणमा रहदा नेपाली टिमले भारतको राष्ट्रिय टिमसँग तीन मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा नेपाल तीनै खेलमा पराजित भएको थियो ।
साउदर्न साई कभर्डहलमा सोमबार साँझ भएको अन्तिम मैत्रीपूर्णमा भारतले नेपाललाई ५-० को सोझो सेटमा पराजित गरेको थियो ।
नेपाली टिम भारतमा बिहान र बेलुका गरि दुई चरणमा विशेष तयारी गरेको थियो । नेपाललाई डच प्रशिक्षक लेस्ले डि जोङले प्रशिक्षण दिएका थिए ।
नेपालमा आयोजना हुने १३ औं साग मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं, जनकपुर र पोखरामा सञ्चालन हुनेछ ।