नेपाल र भारतबीचको तेस्रो मैत्रीपूर्ण खेल आज
सोमबार, मंसिर २, २०७६खेलपाटी संवाददाता

काठमाडौं । भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय भलिबल टिमले आज भारतको राष्ट्रिय टिमसँग तेस्रो मैत्रीपूर्ण खेल खेल्दैछ ।
बैंगलोरमा हुने नेपाल र भारतबीचको मैत्रीपूर्ण साँझ ५ बजेपछि हुनेछ । साउदर्न साई कभर्डहलमा हुने खेल पाँच सेटको हुनेछ ।
यस अघिका दुई मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको थियो ।
नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारी गर्न नेपाली टिम भारत गएको हो ।
नेपाली टोलीले भारतमा बिहान ७ देखि ९ र बेलुका ३ देखि ५ बजेसम्म दुई चरणको तयारी गरिरहेको छ ।
नेपालमा आयोजना हुने १३ औं साग मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं, जनकपुर र पोखरामा सञ्चालन हुनेछ ।















-1762763443397.jpg&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)