काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि राष्ट्रिय महिला भलिबल टिमको घोषणा भएको छ ।
बंगलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन खेलेका १२ खेलाडीमा दुई जनाको नाम थप्दै भलिबल संघले साग खेल्ने टिमको घोषणा गरेको हो ।
राष्ट्रिय टिममा उषा भण्डारी र हिरा केसी फर्किएका छन् । उषा र हिरालाई समावेश गर्दै १४ सदस्यीय अन्तिम टोलीको घोषणा भएको हो ।
उपाधि सहित घर फर्किएको महिला टिमले आईतबार पुन अभ्यास सुरु गरेको छ ।
भलिबल संघले एभिसी सेन्ट्रल जोनका लागि १२ सदस्यीय टिमको घोषणा गरेको थियो ।
साग टिममा भने दुई खेलाडी थपिएका छन् । टिमको कप्तानी अरुणा शाहीले गर्नेछिन् ।
उनकै कप्तानीमा नेपालले बंगलादेशमा पहिलो ऐतिहासिक उपाधि जितेको थियो ।
नेपाली टिम :
अरुणा शाही (कप्तान)
प्रतिभा माली
सरस्वती चौधरी
निरुता ठगुन्ना
रेश्मा भण्डारी
पुनम चन्द
जानकी भण्डारी
सुनिता खड्का
सोफिया पुन
उषा कुमारी बिष्ट
कमला पुन
सलिना श्रेष्ठ
उषा भण्डारी
हिरा के.सी