काठमाडौं । भारतको राष्ट्रिय टिमसँगको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय पुरुष भलिबल टिम पराजित भएको छ ।
बैंगलोरमा शुक्रबार साँझ भएको खेलमा नेपाल भारतसँग ५-० को सेटमा पराजित भएको हो ।
साउदर्न साई कभर्डहलमा पाँच सेटको खेलमा भारतसँग नेपाल २५-१९, २५-१४, २९-२७, २७-२५ र २५-२१ ले पराजित भएको हो । मैत्रीपूर्ण भएको कारण खेल पाँच सेटको खेलिएको थियो ।
यस अघि पहिलो खेलमा नेपाल ४-१ को सेटमा पराजित भएको थियो ।
वैदेशिक प्रशिक्षणका लागि भारतमा रहेको नेपाली टिमले अब सोमबार तेस्रो मैत्रीपूर्ण खेल खेल्नेछ ।
नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारी गर्न नेपाली टिम भारत गएको हो ।
नेपाली टोलीले भारतमा बिहान ७ देखि ९ र बेलुका ३ देखि ५ बजेसम्म दुई चरणको तयारी गरिरहेको छ ।
नेपालमा आयोजना हुने १३ औं साग मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं, जनकपुर र पोखरामा सञ्चालन हुनेछ ।