पोखरा । गण्डकी प्रदेशको खेलकुद सम्भाव्यता अध्ययनका लागि गठित कार्यदलले मंगलबार प्रतिवेदन बुझाएको छ । समितिले गण्डकी प्रदेश सामाजिक बिकास मन्त्रि नरदेबी पुन समक्ष आफ्नो प्रतिवेदन बुझाएको हो ।
समितिले तयार पारेको प्रतिवेदन बुझ्दै मन्त्रि पूनले गण्डकी प्रदेशलाई शैक्षिक, स्वास्थ्य, खेलकुद र सास्कृतिक हब बनाउने योजनाका साथ काम अघि बढेको बताईन् । यस्तै मन्त्रि पुनले गण्डकी प्रदेशलाई हर क्षेत्रबाट माथी उठाउन र बिकासमा फड्को मार्दै जनताले चाहेको बिकासको प्रत्याभुती दिन पनि कार्यदलले बुझाएको प्रतिबेदन महत्वपूर्ण रहने बताइन ।
सो अबसरमा गण्डकी प्रदेशका सांसद दिपक कोइरालाले कार्यदलले प्रदेश सरकारको भावना अनुसार काम गरेकोमा बधाइ दिंदै खेलकुद सम्भव्ता अध्ययनका लागि नवलपुरको समथर भूमी देखि मुस्ताङ सम्मको उच्च भुगोलमा अध्ययन गरि खेलकुद बिकासका सम्भव्ता अध्ययन गरि प्रतिबेदन बुझाएकोमा प्रशंसा समेत व्यक्त गरे ।
गण्डकी प्रदेशको जेठ २१ गतेको मन्त्रि परिषदको निर्णय तथा प्रदेश सरकारको गत आब ०७४÷०७५को स्विकृत कार्यक्रम अनुसार गठित पाँच सदस्यिय कार्यदलले सरकारले तोकेको पाँच बटा विषयमा अध्ययन अगाडी बढाएको कार्यदलका सदस्य तेज गुरुङले बताए । उक्त कार्यदलमा ५१ जना आमन्त्रित सदस्य रहेका थिए ।
प्रदेश सरकारले प्रदेशमा अन्तराष्ट्रिय स्तरको क्रिकेट रंगशाला र गल्फ कोर्षको निर्माण, एकिकृत खेलकुद एकेडेमीको निर्माण, सुविधा सम्पन्न अन्तर्रा्ष्ट्रिय स्तरको वहुउपयोगी खेल मैदानको निर्माण, हाइ अल्टिच्युट खेल मैदानको पूर्वसम्भाव्यता अध्ययन र एक स्थानिय तहमा एक खेल मैदानको कार्य विधी निर्माण जस्ता पाँच वटा विषयमा कार्यदलले अध्ययन गरेको हो ।
उक्त अध्ययन प्रतिवेदन सम्वन्धित मन्त्रालयलाई बुझाइए पनि सार्वजनिक भने गरिएको छैन । प्रदेश सरकारले मुल्याकंन गरेपछि मात्रै सार्वजनिक गरिने कार्यदलका सदस्य गुरुङले जानकारी दिए ।
कार्यदलले गण्डकी प्रदेशमा सुविधा सम्पन्न एकिकृत खेलकुद निर्माण गर्ने संगै एकेडेमीलाई खेलकुद आधुनिक प्रशिक्षण थलोको रुपमा बिकासका रुपमा अगाडी बढाउन सक्ने गरि अध्ययन भएको जनाएको छ ।
गण्डकी प्रदेशमा केही दातृ राष्ट्रले सुविधा सम्पन्न बहुउपयोगी रंगशाला निर्माण गर्न जग्गा माग भए बमोजिम सोको लागि समेत पोखरा लगाएत आसपासका क्षेत्रमा एकै ठाउँमा ७ सय देखि १ हजार २ सय रोपनी जग्गाको खोजी समेत भएको कार्यदलले जनाएको छ ।