काठमाडौं । बंगलादेशमा सम्पन्न पहिलो संस्करणको एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि विजेता नेपाली राष्ट्रिय महिला भलिबल टिमलाई सरकारले नगदसहित सम्मानित गर्ने भएको छ ।
ढाकामा बिहिबार सम्पन्न च्याम्पियनसिपको उपाधि जित्दै ऐतिहासिक सफलता हात पारेको नेपाली टिमको प्रत्येक सदस्यलाई सरकारले ३ लाख नगदले पुरस्कृत गर्ने भएको हो ।
ऐतिहासिक सफलता हात पारेर स्वदेश फर्किएको महिला टिमलाई स्वागत गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब रमेश सिलवालले नगद पुरस्कारको घोषणा गरेका हुन् ।
इनलमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा हराउँदै नेपालले ऐतिहासिक उपाधि जितेको थियो ।
महिला भलिबल टिमले जितेको यो उपाधि नेपालको पहिलो अन्तराष्ट्रिय उपाधि हो । यस अघि नेपाली भलिबलले जितेको ठुलो अन्तराष्ट्रिय पदक रजत पदक हो ।