प्रतिभा 'उत्कृष्ट स्पाइकर'
बिहिबार, २८ कार्तिक २०७६खेलपाटी संवाददाता

काठमाडौं । बंगलादेशमा सम्पन्न एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा नेपालकी प्रतिभा माली उत्कृष्ट स्पाइकर चुनिएकी छिन् ।
ढाकामा बिहिबार सम्पन्न प्रतियोगितामा नेपाललाई ऐतिहासिक उपाधि दिलाउन उत्कृष्ट प्रदर्शन गरेकी प्रतिभा उत्कृष्ट स्पाइकर चुनिएकी हुन् ।
शहीद सुहरावर्दी ईन्डोर स्टेडियममा भएको फाइनलमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा हराउँदै नेपालले उपाधि जितेको थियो ।
नेपालले माल्दिभ्सलाई २५-१३,२५-१२ र २५-८ को सेटमा हराएको थियो ।
महिला भलिबल टिमले जितेको यो उपाधि नेपालको पहिलो अन्तराष्ट्रिय उपाधि हो ।
यस अघि नेपाली भलिबलले जितेको ठुलो अन्तराष्ट्रिय पदक रजत पदक हो । महिला भलिबल टिमले नै सन् २०१४ मा काठमाडौंमा भएको दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसिपमा रजत पदक जितेको थियो ।








-1766743021282.jpeg&w=3840&q=75)




_1727591754-1766731628489.jpg&w=3840&q=75)