शनिबार, १२ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Bhat Bhateni Supermarket Ad

महिला भलिबललाई ऐतिहासिक उपाधि

बिहिबार, २८ कार्तिक २०७६खेलपाटी संवाददाता
महिला भलिबललाई ऐतिहासिक उपाधि
Classic Tech Internet Ad

काठमाडौं । नेपालले बंगलादेशमा भएको एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ ।

ढाकामा बिहिबार भएको फाइनलमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा हराउँदै नेपालले अपराजित रहदै उपाधि जितेको हो ।

शहीद सुहरावर्दी ईन्डोर स्टेडियममा माल्दिभ्सविरुद्ध सुरुवातमा ५-० अंकले पछि परेपनि नेपालले पहिलो सेट २५-१३ ले जितेको थियो ।

दोस्रो र तेस्रो सेटमा भने माल्दिभ्समाथि नेपालले एकतर्फी जित निकाल्यो । माल्दिभ्सको चुनौती दोस्रो सेटमा २५-१२ र तेस्रो सेटमा २५-८ ले पाखा लगाउँदै नेपाल उपाधि चुम्न सफल भयो ।

योसँगै नेपाली महिला भलिबल टिमले ऐतिहासिक उपाधि हासिल गरेको छ । महिला भलिबल टिमले जितेको यो उपाधि नेपालको पहिलो अन्तराष्ट्रिय उपाधि हो । 

यस अघि नेपाली भलिबलले जितेको ठुलो अन्तराष्ट्रिय पदक रजत पदक हो । महिला भलिबल टिमले नै सन् २०१४ मा काठमाडौंमा भएको दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसिपमा रजत पदक जितेको थियो ।

त्यस्तै महिला टिमले दक्षिण एसियाली खेलकुद (साग) मा तीन कास्य पदक जितेको छ ।

पुरुष भलिबल टिमले भने हालसम्म कास्य पदक मात्र जितेको छ । नेपाली पुरुष टिमले तेस्रो संस्करणको एभीसी सेन्ट्रल जोन च्याम्पियनसिपमा कास्य जितेको थियो ।

यस अघि नेपालले लिग चरणमा माल्दिभ्स,अफगानिस्तान, कीर्गिस्तान र बंगलादेशलाई सोझो सेटमा हराएको थियो ।

राउण्ड रोबिन लिगका आधारमा सञ्चालन भएको प्रतियोगितामा पाँच टिमले प्रतिस्पर्धा गरेका थिए । जसमा शीर्ष दुई टिमले उपाधिका लागि खेलेका थिए ।

यस्तै तेस्रो र चौथो स्थानमा रहेको टिमले तेस्रो स्थानका लागि खेलेका थिए ।

बिहिबार नै बंगलादेशलाई हराउँदै किर्गीस्तानले तेस्रो स्थान हासिल गरेको थियो ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एनभीए च्याम्पियनसिप: आज पनि चार खेल हुँदै

एनभीए च्याम्पियनसिप: आज पनि चार खेल हुँदै

साबिक विजेतालाई पहिलो खेलमै सकस !

साबिक विजेतालाई पहिलो खेलमै सकस !

प्रतिस्पर्धात्मक खेलमा पुलिस विजयी

प्रतिस्पर्धात्मक खेलमा पुलिस विजयी

Bajaj Pulsar Motorcycle Ad
एनभीए च्याम्पियनसिप: आज पनि चार खेल हुँदै

एनभीए च्याम्पियनसिप: आज पनि चार खेल हुँदै

बंगलादेशमा सन्दीपको टोलीको विजयी सुरुआत

बंगलादेशमा सन्दीपको टोलीको विजयी सुरुआत

टमाटासहित ५ जना राखेपको सदस्य मनोनीत

टमाटासहित ५ जना राखेपको सदस्य मनोनीत

साबिक विजेतालाई पहिलो खेलमै सकस !

साबिक विजेतालाई पहिलो खेलमै सकस !

प्रतिस्पर्धात्मक खेलमा पुलिस विजयी

प्रतिस्पर्धात्मक खेलमा पुलिस विजयी

त्रिवेणी कपको उद्घाटन खेलमा एपीएफ र सुन्दरबजार भिड्ने

त्रिवेणी कपको उद्घाटन खेलमा एपीएफ र सुन्दरबजार भिड्ने

आर्मीको सोझो सेटमा जित

आर्मीको सोझो सेटमा जित

 सुजनले भगवतीबाट खेल्ने

सुजनले भगवतीबाट खेल्ने