काठमाडौं । भारतको राष्ट्रिय टिमसँगको पहिलो मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय पुरुष भलिबल टिम पराजित भएको छ ।
बैंगलोरमा बुधबार साँझ भएको पहिलो खेलमा नेपाल भारतसँग ४-१ को सेटमा पराजित भएको हो ।
साउदर्न साई कभर्डहलमा पाँच सेटको खेलमा नेपाल भारतसँग १७-२५, १८-२५,२०-२५,१९-२५ र २५-२३ ले पराजित भएको हो । मैत्रीपूर्ण भएको कारण खेल पाँच सेटको खेलिएको थियो ।
वैदेशिक प्रशिक्षणका लागि भारतमा रहेको नेपाली टिमले अब शुक्रबार दोस्रो मैत्रीपूर्ण र मंसिर २ गते तेस्रो मैत्रीपूर्ण खेल खेल्नेछ ।
नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारी गर्न नेपाली टिम भारत गएको हो ।
सागको लागि भारतीय टिम पनि बैंगलोरमा प्रशिक्षण गरिरहेका छन् ।
नेपालमा आयोजना हुने १३ औं साग मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं, जनकपुर र पोखरामा सञ्चालन हुनेछ ।