काठमाडौं । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि वैदेशिक तयारी गर्न श्रीलंका गएका नेपाली राष्ट्रिय बिच भलिबल टिम भोली (बुधबार) स्वदेश फर्कने भएका छन् ।
श्रीलंकामा झन्डै दुई साता प्रशिक्षण र मैत्रीपूर्ण खेल खेलेर नेपाली बिच भलिबल टिम बुधबार स्वदेश फर्कन लागेका हुन् । ८ खेलाडीसहित १२ सदस्सीय नेपाली टिम गत शनिबार श्रीलंका गएका थिए ।
श्रीलंका जाने पुरुष टिममा मान बहादुर श्रेष्ठ, सञ्जु बिक्रम शाह, दिल सुनुवार र राजु विक रहेका थिए । यस्तै महिलातर्फ बिनिता बुढाथोकी, पूर्व राष्ट्रिय टिमका सदस्य कोपिला उप्रेती, नेबिका चौधरी र मनिषा चौधरी रहेकी छिन् ।
श्रीलंकामा नेपाली टिमले श्रीलंकाको क्लोज क्याममा रहेका टिम र पोल्याण्डको टिमसँग मैत्रीपूर्ण खेलहरु खेलेका थिए ।
१३ औं साग मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं र पोखरामा सञ्चालन हुनेछ ।