काठमाडौं । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीका लागि श्रीलंकामा रहेको पुरुष बिच भलिबल टिमले मैत्रीपूर्ण खेलमा जित निकालेको छ ।
श्रीलंकाको नेगोम्बो बिच कोर्टमा मंगलबार मान बहादुर श्रेष्ठ र दिल सुनारको जोडीले श्रीलंकाली टिमलाई २–१ को सेटमा हराएको छ ।
मान र दिलको जोडीले श्रीलंकाको टिमलाई १९–२१, २१-१८ र १५–१३ ले पराजित गर्यो ।
अर्काे खेलमा राजु विक र सञ्जु बिक्रम शाहको जोडीले पोल्याण्डको टिमलाई २–१ को सेटमा पराजित गरेको छ ।
राजु र सञ्जुको जोडीले पोल्याण्डको जोडीलाई २१-१८,२१-१९ र १७-१५ को सेटमा पराजित गरेको हो ।
सागको विशेष तयारी तथा मैत्रीपूर्ण खेलका लागि नेपाली बिच भलिबल टिम श्रीलंकामा रहेका छन् ।