काठमाडौं । बंगलादेशमा जारी एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित निकालेको छ ।
ढाकामा सोमबार भएको खेलमा किर्गीस्तानलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपालले लगातार दोस्रो जित हात पारेको हो ।
शहीद सुहरावर्दी ईन्डोर स्टेडियममा नेपालले किर्गीस्तानलाई २५-१५, २५-१९ र २५-२० को सेटमा पराजित गर्यो ।
जितसँगै नेपालले २ खेलमा ६ अंक जोडेको छ ।
यस अघि नेपालले पहिलो खेलमा अफगानिस्तानलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो ।
अब नेपालले मंगलबार आयोजक बंगलादेशसँग खेल्नेछ । यस्तै अन्तिम खेलमा नेपालले बुधबार माल्दिभ्सको सामना गर्नेछ ।
राउण्ड रोबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताको शीर्ष दुई टिम उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
तेस्रो र चौथो हुने टिमले तेस्रो र चौथो स्थान हासिलका लागि पुन प्रतिस्पर्धा गर्नेछन् ।