पुरुष भलिबल टिमले बुधबार भारतसँग खेल्ने
आइतबार, कार्तिक २४, २०७६खेलपाटी संवाददाता

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष भलिबल टिमले बुधबार भारतको राष्ट्रिय टिमसँग पहिलो मैत्रीपूर्ण खेल खेल्ने भएका छन् ।
नेपाली टिमका प्रशिक्षक बिरेन्द्र चौधरीले कात्तिक २७ गते बुधबार भारतसँग पहिलो मैत्रीपूर्ण खेल खेल्ने तालिका बनेको खेलपाटीलाई जानकारी गराए ।
नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीका लागि नेपाली टिम भारतको बैंगलोरमा रहेका छन् ।
भारतमा नेपाली टिमले भारतीय टिमसँग तीन खेलको मैत्रीपूर्ण खेल खेल्ने छ ।
यस्तै नेपालले कात्तिक २९ दोस्रो र मंसिर २ गते तेस्रो मैत्रीपूर्ण खेल खेल्नेछ ।
सागको लागि भारतीय टिम पनि बैंगलोरमा प्रशिक्षण गरिरहेका छन् ।
नेपालमा आयोजना हुने १३ औं साग मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं र पोखरामा सञ्चालन हुनेछ ।















-1762763443397.jpg&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)