काठमाडौं । नेपालले अफगानिस्तानसँग खेल्दै बंगलादेशमा आयोजना हुने एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको सुरुवात गर्ने भएको छ ।
बंगलादेश भलिबल फेडेरेसनले सार्वजनिक गरेको नयाँ खेल तालिका अनुसार नेपालको पहिलो प्रतिद्वन्दी अफगानिस्तान परेको हो । यस अघिको खेल तालिका अनुसार नेपालले माल्दिभ्ससँग खेल्ने कार्यक्रम रहेको थियो ।
ढाकामा आयोजना हुने प्रतियोगिता अन्तर्गत नेपालले आइतबार अफगानिस्तानको सामना गर्नेछ । यस्तै नेपालले सोमबार कीर्गिस्तानसँग खेल्नेछ । त्यस्तै नेपालले मंगलबार आयोजक बंगलादेश र अन्तिम खेलमा नेपालले बुधबार माल्दिभ्सको सामना गर्नेछ ।
राउण्ड रोबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताको शीर्ष दुई टिम उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
तेस्रो र चौथो हुने टिमले तेस्रो र चौथो स्थान हासिलका लागि पुन प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको लागि अरुणा शाहीको कप्तानीमा नेपाली टिम बंगलादेश पुगिसकेका छन् ।
नेपाली टिम:
अरुणा शाही
प्रतिभा माली
सरस्वती चौधरी
निरुता ठगुन्ना
रेश्मा भण्डारी
पुनम चन्द
जानकी भण्डारी
सुनिता खड्का
सोफिया पुन
उषा कुमारी बिष्ट
कमला पुन
सलिना श्रेष्ठ