काठमाडौं । बंगलादेशमा आयोजना हुने पहिलो संस्करणको एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय महिला भलिबल टीमको विदाई गरिएको छ ।
नेपाल भलिबल संघले बुधबार १२ सदस्सीय खेलाडीसहितको नेपाली टिमलाई विदाई गरेको हो । नेपाली टिम बिहिबार बंगलादेश प्रस्थान गर्ने छन् ।
नेपाली टिमलाई नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमन शर्मा, महासचिब जितेन्द्र बहादुर चन्द, उपाध्यक्ष रन्जन खड्का, निरोज मास्के लगायतले विदाई गरे ।
सेन्ट्रल जोनका लागि संघले मंगलबार अरुणा शाहीको कप्तानीमा राष्ट्रिय टिमको घोषणा गरेको थियो ।
एभिसी सेन्ट्रल जोन कात्तिक २१ देखि २९ गतेसम्म ढाकामा हुनेछ । प्रतियोगितामा नेपाल, बंगलादेश, अफगानिस्तान, किर्गीस्तान, माल्दिभ्स र तुर्किमिनिस्तानले प्रतिस्पर्धा गर्ने छन् ।
एभिसी सेन्ट्रल जोनको लागि नेपालले झन्डै एक महिना थाइल्याण्डमा प्रशिक्षण गरेको थियो ।
नेपाली टिम:
अरुणा शाही
प्रतिभा माली
सरस्वती चौधरी
निरुता ठगुन्ना
रेश्मा भण्डारी
पुनम चन्द
जानकी भण्डारी
सुनिता खड्का
सोफिया पुन
उषा कुमारी बिष्ट
कमला पुन
सलिना श्रेष्ठ