काठमाडौं । वैदेशिक प्रशिक्षण तथा मैत्रीपूर्ण खेलका लागि थाइल्याण्डमा रहेको नेपाली राष्ट्रिय महिला भलिबल टिम सोमबार स्वदेश फर्कने भएका छन् ।
नेपाली टिमका मुख्य प्रशिक्षक जगदीश भट्टले टिम सोमबार स्वदेश फर्कने खेलपाटीलाई जानकारी गराए ।
नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) र बंगलादेशमा हुने एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको तयारी गर्न नेपाली टिम थाइल्याण्ड गएका थिए ।
नेपाली टिम असोज २९ गते थाइल्याण्ड प्रस्थान गरेका थिए ।
नेपालले बैंककमा थाइल्याण्डको राष्ट्रिय टिम, जापानको उमेर समूह, युनिभर्सिटी लगायतका विभिन्न टिमसँग ७ मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा नेपालले ४ जित र ३ हार व्यहोरेको थियो ।
अब नेपालले कात्तिक २२ देखि २७ गतेसम्म हुने एभिसी सेन्ट्रल जोन महिला भलिबल खेल्नेछ । यस्तै मंसिर १५ देखि २५ गतेसम्म घरेलु भूमीमा हुने सागमा प्रतिस्पर्धा गर्नेछ ।