पोखरा । युवा तथा खेलकुद मन्त्रि जगतबहादुर सुनार (विश्वकर्मा)ले खेलकुदलाई मनोरंजनको साधन मात्र नबनाई आर्थिक समृद्धीसंग जोड्नु पर्ने बताएका छन ।
पोखरामा आयोजित प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगिता उद्घाटन गर्दै मन्त्रि विश्वकर्माले बर्तमान समयमा खेलकुदमा धेरै समस्या र चुनौती देखिएपनि खेलकुदको माध्यमबाट पर्यटनलाई जोड्दै आर्थिक समृद्धी तर्फ अगाडी बढाउन सकिने बताए । खेलकुद राष्ट्रिय गौरव बढाउने एक शसक्त माध्यम रहेको बताउँदै मन्त्रि विश्वकर्माले राष्ट्रिय पहिचानका लागि पनि खेलकुद अपरिहार्य रहेको बताए ।
खेलकुदको क्षेत्रमा पोखरामा अथाह सम्भावना रहेको कुरालाई उल्लेख गर्दै पकृतीको बरदान स्वरुप प्राप्त पोखरा र प्रदेश ४ मा शाहसिक र हाइ अल्टिच्युड् खेलकुदका माध्यम द्वारा पर्यटन प्रवद्र्धन गर्दै देशकै आर्थिक समृद्धी संग जोडन सकिने समेत मन्त्रि विश्वकर्माको भनाई थियो । यस्तै मन्त्रि विश्वकर्माले नेपालका लागि १३ औं दक्षिण एशियाली खेलकुद (साग) प्रतिष्ठाको विषय रहेको बताउँदै पोखरामा आयोजना हुने केही खेलहरुलाई सम्पूर्ण पोखरेलीहरुले एकजुट भएर सहयोग गर्न आग्रह गरे ।
यस्तै मन्त्रि विश्वकर्माले १३ औं दक्षिण एशियाली खेलकुद (साग) का लागि पोखरा रंगशालामा निर्माणाधिन पूर्वाधारहरुका विषयमा जानकारी लिएका छन । उनले पोखरामा आयोजना हुने ह्याण्डबल, फुटबल, आर्चरी, ट्रायथोलन, भलिबल लगाएतका पूर्वाधार निर्माणका बारेमा चासो दिएका थिए । उनले सो अबसरमा क्रिकेट व्याडमिन्टन, बास्केटबल लगाएतका पूर्वाधार निर्माणका बारेमा जानकारी समेत लिए ।