कठमाडौं । प्रथम राष्ट्रिय बाघचाल प्रतियोगिता शुक्
रबारबाट सुरु भएको छ । काठमाडौंको बसुन्धारस्थित चन्द्रविन्दु स्कूलमा सुरु प्रतियोगितामा ११४ जना खेलाडीको सहभागिता रहेको छ ।
प्रतियोगिताको पहिलो दिनमा प्रथम र दास्रो चरणका खेलहरु सकिएका छन् । जसमा १८ वर्ष मुनिका १६ जना र १८ वर्ष माथिका पनि १६ जना तेस्रो राउन्डमा पुगेका छन् । तेस्रो राउन्डका रहेका खेलहरु शनिबार हुनेछ ।
प्रगतिवादी युवा समाज नेपालले आयोजना गरेको राष्ट्रिय बाघचाल प्रतियोगिताको उद्घाटन कीर्तिमानी धावक वैकुण्ठ मानन्धरले गरेका थिए ।
राष्ट्रियस्तरको बाघचाल प्रतियोगिता पहिलो पटक भएको हो । यो प्रतियोगितामा १० वर्षका वालवालिकादेखि ८० सम्मका वृद्धवृद्धाको सहभागिता रहेको छ ।